आजसम्म टिकटक बन्द नगरे ५५ ईन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज हुँदै

बुधबार, मंसिर १३, २०८०
honor २२ sept

काठमाडौँ । सरकारले टिकटक बन्द गरेपनि अझै देशमा टिकटक चलिरहेको पाइएको छ।  अझै पनि टिकटक चलिरहेको पाइएपछि नेपाल दूरसंचार प्राधिकरणले कडा कदम चाल्दैछ ।

X7D

सरकारले गत कार्तिक २७ गते सामाजिक सद्भाव खल्बलिने गरी समाजमा नकारात्मक असर परेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो। 

तर अहिलेसम्म पनि टिकटक पूर्ण रुपले बन्द नभएपछि प्राधिकरणले कडा कदम चाल्ने भएको हो । उसले आजभित्र टिकटक बन्द गरेको जानकारी नदिए ५५ वटा इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ।

बन्द गर्ने निर्णयसँगै नियामक प्राधिकरणले टिकटक बन्द गरे नगरेको जानकारी गराउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो। 

हालसम्म विभिन्न ५५ वटा सेवा प्रदायकहरुले टिकटक बन्द गरेको छ वा छैन भन्नेबारे जानकारी नपाएकाले आजभित्र जानकारी गराउन निर्देशन दिएको हो।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्