प्रहरी समायोजनका लागि प्रदेशका गृहमन्त्रीले बुझाए पत्र

मंगलबार, मंसिर १२, २०८०
honor mob  winter sales

काठमाडौँ । सङ्घीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् । 

Honor x7 pad

आज प्रदेशका गृहमन्त्री (आन्तरिक मामिला तथा कानूनमन्त्री) हरुले संयुक्त रूपमा सङ्घीय सरकारका गृहमन्त्री श्रेष्ठलाई भेट गरी यथाशीघ्र प्रहरी समायोजन गर्न माग गरेका हुन् । 

उनीहरूले प्रहरी कर्मचारी तथा संरचनाहरूलाई प्रदेशमा हस्तान्तरण नगर्दा प्रदेशको शान्ति, सुरक्षामा प्रभावकारी हुन नसकेको भन्दै अविलम्ब प्रहरी समायोजन गरी प्रदेश मातहत ल्याउन माग गरेका छन्। 

गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया अगाडी बढाइ प्रदेशलाई अधिकार सम्पन्न बनाउन आग्रह गरिएको बताए ।

उनले सङ्घीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विशेष अनुरोध गरिएको पनि जानकारी दिए । गृहमन्त्री श्रेष्ठले छिटोभन्दा छिटो प्रहरी समायोजनको प्रक्रिया आरम्भ गर्ने प्रतिबद्धता गरेको उनले बताए ।

गृहमन्त्री श्रेष्ठसँगको भेटमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठ, मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिम, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट सहभागी थिए । 

त्यसैगरी गण्डकी प्रदेशकी ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी र कोशी प्रदेश सरकारका बिना विभागीय मन्त्री शमशेर राईको समेत उपस्थिति रहेको रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्