नेपाली सेनामा खुल्यो ठुलो संख्यामा जागिर

शुक्रबार, मंसिर ८, २०८०
Honor 600 pro

काठमाडौँ । नेपाली सेनाले ठूलो संख्याम भर्ना  मागेको छ । सेनाले विभिन्न पदका लागी आवेदन माग गरेको हो । 

भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त मागेको हो । दरखास्त आजदेखि एक महिनासम्म दिन पाइने छ । 

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वैबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन्।

फलोअर्स पदहरूको लागि भने आवेदक आफै उपस्थित भई दरखास्त फाराम भर्नु पर्नेछ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्