टिकटक प्रतिबन्धविरुद्दको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

मंगलबार, मंसिर ५, २०८०
Honor 600 pro

काठमाडौं । सरकारले गरेको टिकटक प्रतिबन्धविरुद्दको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नहुने भनेको छ। 

न्यायाधीश विनोद शर्माको एकल इजलासले टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्ध परेका १० वटै रिटमा अन्तरिम आदेश जारी नहुने भएको छ। 

२७ कात्तिकमा मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले गरी सर्वोच्च अदालतमा १० भन्दा बढी रिट परेको थियो ।

उक्त रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ भएको थियो । सो क्रममा न्यायाधीश शर्माको इजलासले टिकटक प्रतिबन्धको निर्णय गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।

सरकारको यो निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो। सामाजिक सदभाव बिग्रिन थालेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्