भूकम्प पीडित एक दम्पतीका १ महिने छोरीको चिसोले मृत्यु

मंगलबार, मंसिर ५, २०८०
honor mob  winter sales

नेपालगञ्ज । जाजरकोटस्थित भूकम्प पीडित दम्पतीका एक महिने छोरीको चिसोले मृत्यु भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुताको चिसोले मृत्यु भएको हो । 

Honor x7 pad

भेरी–२ का पूर्व वडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिन अघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्युु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए । चिसोबाट जाजरकोटमा ५० जना भन्दा बढी बालबालिका बिरामी परेका छन् । चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको मृत्यु भएको छ । 

गएको कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी १ सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ जना घाइते भएका छन् । भूकम्पबाट २६ हजार पाँच सय ५७ घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्