सर्वोच्चमा टिकटक प्रतिवन्धविरुद्दको रिटमा आजबाट सुनुवाइ

सोमबार, मंसिर ४, २०८०

काठमाडौँ । आजबाट सर्वोच्च अदालतमा सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरूद्ध दायर भएको रिटमा सुनवाई हुँदैछ।

Honor x7 pad

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिटमा आजका लागि पेशी तोकिएको थियो । जसअनुसार सो प्रतिबन्ध खुलाउन माग गर्दै दायर रिटमाथि आजबाट सुनवाई हुन लागेको हो ।

हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि अदालत खुलेको पहिलो दिन अर्थात् मंसिर १ गते सर्वोच्च अदालतमा १० ओटा रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि आजका लागि पहिलो पेशी तोकिएको अदालतले जानकारी दिएको थियो ।

शनिबार तथा आइतबार छठ पूजाको सार्वजनिक बिदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।

सरकारको निर्णय गैरकानूनी एवं गैरसंवैधानिक, वदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्