उदाउँदो सुर्यलाई अर्घ्य दिँदै सकियो छठ पर्व

सोमबार, मंसिर ४, २०८०
honor mob  winter sales

काठमाडौं । देशभरका तराई लगायत  मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सकिएको छ । 

Honor x7 pad

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी , रुपन्देही , कपिलवस्तु , बाँके लगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ । 

छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जंगहा, अंकुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ । 

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्