१५ किलो चरेशसहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

बुधबार, असार २७, २०८०
honor mob  winter sales

पर्सा। सशस्त्र प्रहरीको टोलीले वीरगञ्जबाट ठुलो परिमाणमा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म वीरगञ्जले भन्सारबाट भारततर्फ जाँदै गरेको बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकलमा सवार दुई जना सहित  १५ किलो चरेश र मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार पर्साको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझीले मोटरसाइकलको ट्याङकीमा लुकाइछिपाइ चरेश भारततर्फ लैजाने क्रममा चेकजाँच गर्दा १५ किलो चरेश फेला परेको हो। 

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका सत्यनारायण र प्रलादसँगै बरामदगरेको १५ किलो  चरेश र मोटरसाइलकलाई  आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय  ईनर्वा पठाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्