आजबाट नेपाल संवत् १४४४ शुरु

मंगलबार, कात्तिक २८, २०८०
honor mob  winter sales

नेपालगन्ज । आजबाट नेपाल संवत् ११४४ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।

Honor x7 pad

राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ सालमा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गरेका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा। त्रिरत्न मानन्धरले जानकारी दिए ।

'लिच्छवि कालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छवि काल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो', उनले भने ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपा, धुलीखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा नेपाल संवतको अवसरमा विशेष कार्यक्रम हुँदैछ ।

गरिब नागरिकको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत समेत चलाएको भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

यस्तै, सरकारले सरकारी कागजातमा विक्रम संवतसँगै नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सम्वत् ११४४ (२०८० कात्तिक २८ गतेदेखि) विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्