उपरथी ताराध्वज पाण्डेको राजीनामा

शुक्रबार, कात्तिक २४, २०८०
honor mob  winter sales

काठमाडौँ । नेपाली सेनाभित्रको उमेर विवाद पेचिलो बन्दै गएको भावी प्रधानसेनापती उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । उनको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो राखेपछि सेनाभित्र हलचल पैदा हुँदा उनले राजीनामा दिएका हुन् । 

Honor x7 pad

उनको राजीनामाको पत्र बलाधिकृत रथी सिताराम खड्काको टेबुलमा पुगेको उच्च स्रोतले बताएको छ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्प प्रभावित क्षेत्रको भ्रमण छोट्याएर फर्कदै गर्दा पाण्डेको विवादबारेसमेत जानकारी दिने तयारी भएको स्रोतले बताएको छ । 

सेनाको प्राड विवाकले मन्त्री खड्कालाई पाण्डेको उमेर विवादबारे जानकारी दिने तयारी भएकोसमेत बताइएको छ । यसअघि बिहीबार राति नेपाली सेनाको प्राड विभागमा उच्च अधिकारीबीच छलफल भएको र पाण्डेको उमेर विवादबारे रक्षामा जवाफ पठाउने विषयमा छलफल भएको थियो । 

सैनिक स्रोतका अनुसार रथीका लागि सिफारिस भएका उपरथी पाण्डेमाथि राजीनामाको नैतिक दबाबसमेत परेको पर्दै आएको थियो  ‘राति अबेरसम्म प्राड विभागमा कानूनविदहरुसहित आन्तरिक रुपमा छलफल भएको थियो’, उच्च स्रोतले भन्यो ।  

पाण्डेको उमेर विवादलाई लिएर अख्तियारले रक्षा मन्त्रालयलसँग पत्राचार गरी चासो राखेको थियो । अख्तियारको चासोपछि बढुवा गर्दा मन्त्री झन् विवादमा पर्न सक्ने भन्दै प्राड विभागमा छलफल भएको थियो । 

उपरथी पाण्डेको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा जन्ममिति फरक परेको भन्दै बढुवा सिफारिसप्रति प्रश्न उठाइएको हो । पाण्डे २०४३ सालमा सेनाको अधिकृत क्याडेटमा भर्ना हुँदा उनको नागरिकता प्रमणपत्रमा जन्म मिति २३ मंसिर २०२३ उल्लेख छ । 

तर उनको शैक्षिक प्रमाणपत्रमा भने जन्म मिति १२ माघ २०२१ उल्लेख भएको विषय बाहिर आएपछि विवाद शुरु भएको हो । पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ माघ १२ गते उल्लेख भएको तर उनले नागरिकतामा जन्म मिति सच्याएर २०२३ मंसिर १३ गते बनाएको आरोप लगाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्