केमसन बाँकेद्वारा भूकम्प पीडितलाई खाद्यान्न सहयोग

सोमबार, कात्तिक २०, २०८०
honor mob  winter sales

नेपालगन्ज । जाजरकोट भूकम्प पीडितहरुका लागि रसायन तथा मेडिकल आपूर्ति संघ ( केमसन ) बाँकेले  खाद्यान्न  सामाग्री सहयोग गरेको छ।

Honor x7 pad

केमसन बाँकेको टोलीले बाँकेका प्रमुख  जिल्ला अधिकारी  श्रवण कुमार पोखरेललाई ठुलो परिमाणमा खाद्यान्न हस्तान्तरण गरेको विश्नु बुढाथोकीले बताए।केमसन बाँकेले भूकम्प पीडितका लागि अत्यावश्यक पर्ने खाना ४ सय किलो चिउरा र ९ सय प्याकेट चाउचाउ  हस्तान्तरण गरेको हो।

प्रमुख जिल्ला अधिकारी मार्फत  हस्तान्तरण गरिएको  खाद्य सामाग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगिसकेको बुढाथोकीले जानकारी दिएका छन् ।  

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्