लुम्बिनीबाट सशस्त्रले पठायो भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री

शनिबार, कात्तिक १८, २०८०
honor २२ sept

नेपालगञ्ज । जाजरकोट केन्द्रविन्दु बनाएर गएराती गएको  भूकम्पमा परी हालसम्म जाजरकोट र छिमेकी जिल्ला रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ । भूकम्पमा पारी हालसम्म १६६ जना घाइते भएका छन् ।

X7D

सशस्त्र प्रहरी बलले भूकम्प प्रभावित क्षेत्र पश्चिम रुकुमका लागि राहत सामाग्री पठाएको छ। सशस्त्र प्रहरीको नम्बर २९ गण दाङबाट भूकम्प प्रभावित क्षेत्र पश्चिम रुकुमका लागि विपद व्यवस्थापन टोलीसहित अत्यावश्यक राहत सामग्री पठाइएको सशस्त्र प्रहरी लुम्बिनीका डीआईजी अभि कुमार खत्रीले जानकारी दिएका  छन् ।  २०० जनालाई पुग्ने गरी दुई वटा ट्रकमा सामग्री पठाइएको छ । त्यस्तै १०० जनाको लागि टेन्ट, विस्तारा र दैनिक प्रयोगका सामान पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी उद्दारमा पनि खटेको छ ।  

त्यस्तै सशस्त्र प्रहरी बल नम्बर ४२ गण सम्शेरगन्जले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक पलाटुन विपद व्यवस्थापन टोली जाजरकोट पठाएको छ। त्यहा गएको टोलीले खोज तथा उद्दार कार्य गर्नेछ । अहिले उक्त टोली नलगाढ पुगेर उद्दार कार्यमा लागिसकेको डीआइजी खत्रीले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बल नम्बर ३० गणले भेरी अस्पतालमा घाइते ल्याउन सहयोग गरेको छ ।सशस्त्र प्रहरी राँझा र कोहलपुर अस्पतालमा पनि खटिएको छ ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्