जाजरकोट भूकम्प: हालसम्म १४३ को मृत्यु, १६६ जना घाइते

शनिबार, कात्तिक १८, २०८०
honor mob  winter sales

नेपालगञ्ज । जाजरकोट केन्द्रविन्दु बनाएर गएको  भूकम्पमा परी  हालसम्म १४३ जनाको मृत्यु भएको छ। 

Honor x7 pad

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार भूकम्पबाट जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।

त्यस्तै  रुकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन् भने ८५ जना घाइते भएका छन् । प्रहरीका अनुसार  दुबै जिल्लामा १६६ जना घाइते भएका छन् । घाइतेहरुको जाजरकोट र रुकुममा उपचार भइरहेको छ। गम्भीर घाइतेहरुको नेपालगन्जस्थित भेरी अस्पतालमा लगेर उपचार सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ रेक्टरको भूकम्प गएको थियो।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्