भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको नि:शुल्क सेवा

शनिबार, कात्तिक १८, २०८०
honor mob  winter sales

काठमाडौँ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि नेपाल टेलिकमले निःशुल्क सेवा गर्ने भएको छ ।

Honor x7 pad

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले भूकम्प प्रभावित ती क्षेत्रमा पाँच दिनका लागि फोन तथा म्यासेज निःशुल्क गर्ने निर्णय गरेको सञ्चार मन्त्रालयका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । 

हाल भूकम्प प्रभावित रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवा सञ्चालन रहेको टेलिकमले जनाएको छ । कम्पनीले यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्यबोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवालाई नियमितरुपमा सञ्चालन राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

सूचना आदानप्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकलाई पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराइको कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्