प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान, हालसम्म १२८ जनाको मृत्यु

शनिबार, कात्तिक १८, २०८०
honor mob  winter sales

जाजरकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ गएका छन्। 

Honor x7 pad

आज बिहान उनी १६ जना चिकित्सक लिएर नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटतर्फ लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

हेलिकप्टरमा औषधीसहित र १६ जना चिकित्सकको टोली पनि  प्रधानमन्त्री प्रचण्डसँगै भूकम्पप्र भावित क्षेत्रमा गएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गरेका छन्। 

मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो। 

भूकम्पमा परी  जाजरकोट र रूकुम पश्चिममा गरी आज बिहान ७ बजेसम्म १२८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्