Dashain Banner
Dashain Banner

शान्ति मिसनमा नेपाली सेनाको कार्य अविस्मरणीय छ: महासचिव गुटेरेस

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौँ । नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनका लागि गर्दै आएको योगदान अविस्मरणीय रहेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले  बताएका छन् । 

Dashai add

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज सम्बोधन गदै महासचिव गुटेरेसले शान्ति मिसनका क्रममा मारिएका नेपाली सुरक्षाकर्मीको सम्मानमा एक मिनेट मौनधारण गर्न प्रस्ताव गर्दा बैठकमा सबै सदस्यहरु आफ्नो स्थानबाट उठेर मौनधारण गरेका हुन् । 

त्यस्तै महासचिव गुटेरेसले  जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रुपमा आर्थिक र सामाजिक सहयोग गर्नेपर्ने बताएका छन् । 

गुटेरेसले कार्वन उत्सर्जनमा नेपालको भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असर खेपिरहेकाले नेपालसमेतले यसको क्षतिपूर्ति स्वरुप विकसित मुलुकबाट जलवायु अनुकूललगायत क्षेत्रमा सहयोग पाउनुपर्ने बताए।

चारदिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसले सोमबार जलवायु परिवर्तनका कारण हिमाल पग्लिएर क्षति व्यहोरेका सोलुखुम्बुको सगरमाथा क्षेत्रका स्थानीयसँग छलफल गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्