जनकपुरबाट पेस्तोलसहित भारतीय युवती सशस्त्र प्रहरीको नियन्त्रणमा

बुधबार, कात्तिक ८, २०८०
Honor 600 pro

जनकपुर। सशस्त्र प्रहरीले पेस्तोलसहित जनकपुरबाट एक जना भारतीय युवतीलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट भारतको बिहारस्थित  लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी-९ का पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनीलाई पक्राउ गरेको हो।

जनकपुरस्थित रेल्वे सुरक्षा बेसबाट खटिएको सशस्त्र प्रहरी टोलीले  मंगलबार साँझ पोने ८ बजे  चेकजाँचका क्रममा सहनीको साथबाट एउटा कटुवा पेस्तोल बरामद गरेको सशस्त्र प्रहरी बल  धनुषाले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीले ती युवती सहानीको साथबाट  ६५ नेपाली रुपैयाँ, भारतीय फाइभ–जी सिम  र एउटा चाँदीको जस्तो देखिने मालाको लकेट समेत बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरी ती युवतीलाई नेपाल प्रहरीको जिम्मा लगाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी धनुषाले जानकारी दिएको छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्