शुभ साइत पारेर घरघरमा लगाइयो टीका र जमरा

मंगलबार, कात्तिक ७, २०८०
honor mob  winter sales

काठमाडौं । आज विजया दशमीको टीकाको दिनम निर्धारित समयमा घरघरमा मान्यजनबाट टीका र जमरा लगाइएको छ। आज बिहान ११ बजेर २ मिनेटको शुभ साइत पारेर रातो टीका र जमरा लगाइएको छ। 

Honor x7 pad

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पनि आफ्नो आमाको हातबाट टीका र जमरा लगाएका छन् । 

आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ। 

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो।

प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसीले टीका लगाइँदिदै

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ। यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ।

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्