आज नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपत्यकामा नि:शुल्क बस सेवा

मंगलबार, कात्तिक ७, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सर्वसाधारणका लागि आज दसैंको टीकाका दिन निःशुल्क बस सेवा सन्चालन गरेका छन् ।

Honor x7 pad

दसैंको दिनमा सार्वजनिक गाडीहरु नचल्ने हुँदा विभिन्न स्थानमा टीका ग्रहण गर्न जाने सर्वसाधारणहरुलाई  आवातजावतमा समस्या पर्न नदिन नेपाल प्रहरी र  सशस्त्र प्रहरी बलले काठमाडौं उपत्यकामा नि:शुल्क २-२  वटा बस सन्चालन गर्न लागेको हो।

प्रहरी र सशस्त्र प्रहरीले दुई वटा बसलाई दुई रुटमा बिहान र अपराह्नमा सन्चालन गरेको हो। जसमा बिहानको बस साढे ८ बजेबाट सम्चालन भएका छन् ।

त्यसैगरी अपराह्नको बस ४ बजे सन्चालन हुनेछ ।

सशस्त्र प्रहरीका अनुसार बा१ग २५९१ नम्बरको बसले नेपाल प्रहरी हेडक्वाटर नक्सालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुदै पुन:नक्सालसम्मको नि:शुल्क सेवा दिदैछ।

त्यस्तै अर्को बा१ग २६०८ नम्बरको बसले, नेपाल प्रहरी हेडक्वाटर नक्सालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्सालसम्मको नि:शुल्क सेवा दिने हुने सशस्त्र प्रहरी बल हलचोकले जनाएको छ ।

त्यस्तै नेपाल प्रहरीको रूट नम्बर १ नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लखनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल, नक्साल, बालुवाटार, शिक्षण अस्पताल महाराजगञ्ज, चक्रपथ हुँदै सन्चालन भएको छ।

दोस्रो रूट चावहिल, सुकेधारा, चक्रपथ, शिक्षण अस्पताल महाराजगञ्ज, बालुवाटार, नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकसम्म सञ्चालन हुने छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्