दसैंको टीकामा सशस्त्र प्रहरीले सर्वसाधारणका लागि नि:शुल्क बस सन्चालन गर्दै

सोमबार, कात्तिक ६, २०८०
honor mob  winter sales

काठमाडौं । सशस्त्र प्रहरी बलले सर्वसाधारणका लागि दसैंको टीकाका दिन निःशुल्क बस सेवा सन्चालन गर्दैछ। दसैंको दिनमा सार्वजनिक गाडीहरु नचल्ने हुँदा विभिन्न स्थानमा टीका ग्रहण गर्न जाने सर्वसाधारणहरुलाई  आवातजावतमा समस्या पर्न नदिन सशस्त्र प्रहरी बलले काठमाडौं उपत्यकामा नि:शुल्क दुई वटा बस सन्चालन गर्न लागेको हो।

Honor x7 pad

सशस्त्र प्रहरीले दुई वटा बसलाई दुई रुटमा बिहान र अपराह्नमा सन्चालन गर्न लागेको हो। जसमा बिहानको बस साढे ८ बजेबाट  र अपराह्नको बस ४ बजे सन्चालन हुनेछन् ।

सशस्त्र प्रहरीका अनुसार बा१ग २५९१ नम्बरको बसले नेपाल प्रहरी हेडक्वाटर नक्सालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुदै पुन:नक्सालसम्मको नि:शुल्क सेवा दिनेछ ।

त्यस्तै अर्को बा१ग २६०८ नम्बरको बसले, नेपाल प्रहरी हेडक्वाटर नक्सालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्सालसम्मको नि:शुल्क सेवा दिने हुने सशस्त्र प्रहरी बल हलचोकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्