पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरीले बरामद गर्यो ९ लाख बढीको पटाका

शुक्रबार, कात्तिक ३, २०८०
honor mob  winter sales

पश्चिम नवलपरासी। सशस्त्र प्रहरीले पश्चिम नवलपरासीबाट भारतबाट ल्याइएको ठुलो परिमाणको प्रतिवन्धित पटाका बरामद गरेको छ।

Honor x7 pad

सशस्त्र प्रहरी बलको नवलपरासीस्थित सीमा सुरक्षा गुल्म हरपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)  विकास भुजेलको कमाण्डमा खटिएको टोलीले पालिनन्दन गाउँपालिका-२ गोपलपुरबाट  आज बिहान १० बजे  अवैध रुपमा नेपाल भित्र्याइएको ९ लाख ६ हजार रुपैयाँ बराबरको प्रतिवन्धित पटाका बरामद गरेको सशस्त्र प्रहरी बल नं. २६ गण पश्चिम नवलपरासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) धीरेन्द्र राज न्यौपानेले जानकारी दिएका छन् ।

एसपी न्यौपानेका अनुसार बरामद गरिएका पटाकामा अति विस्फोटक सुतरी बम, चकरी , अनार , चकलेट बम लगायतका अन्य विस्फोट पटाका रहेका छन् । 

सशस्त्र प्रहरीले बरामद गरेका सबै प्रतिवन्धित पटाकाहरुलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी (वर्दाघाट सुस्ता पश्चिम) का राज कुमार यादव , महेशपुर भन्सार कार्यालयका प्रमुख खेम बहादुर थापा लगायत सुरक्षाकर्मीहरुको रोहवरमा नष्ट गरिएको एसपी न्यौपाने बताए।

गत असोज २३ पनि सशस्त्र प्रहरी नवलपरासीले साढे ९ लाखको प्रतिवन्धित पटाका बरामद गरि नष्ट गरेको थियो।

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्