दुर्घटनामा गम्भीर घाइते मनाङ एयरका पाइलटलाई 'मेडिकल स्कर्टिङ' गरि मुम्बई लगियो

आइतबार, असोज २८, २०८०
honor mob  winter sales

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा  गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागी भारतको मुम्बई लगिएको छ ।

Honor x7 pad

दुर्घटनापछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि  गए राति साढे ९ बजे भारत लगिएको  हो ।श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको हो ह्याम्स अस्पतालले जानकारी दिएको छ ।

उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी,  डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलिजंग शाहीले 'मेडिकल स्कर्टिङ' गरेका थिए।

शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ । साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।

पाइलट सेढाईंलाई 'मेडिकल स्कर्टिङ' गरेको टोली आज बिहान साढे ४ बजे नेपाल फर्किएको हो।

 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्