उद्दारका लागि नेपाली जहाजलाई इजरायलले दियो अनुमती, आज राति ११ बजे जाँदै जहाज

बुधबार, असोज २४, २०८०
honor mob  winter sales

काठमाडौं । प्यालेस्टाइनी लडाँकु समूह हमासको आक्रमणपछि युद्दमा होमिएको इजरायलमा फसेका नेपालीहरुलाई लिन आज नेपालबाट जहाज जाँदैछ।

Honor x7 pad

सरकारले इजरायलमा फसेका  नेपालीको उद्धारका लागि आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  नेपाल एयरको जहाज इजरायल पठाउँदैछ। आज राति नेपालबाट ११ बजे उड्ने नेपाल एयरको जहाज दुबई ट्रान्जिट बनाएर इजरायल अवतरण गर्ने भएको बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटनमन्त्री सुदन किराँती र नेपाल वायुसेवा निगमका प्रमुखलाई आजै इजरायल जहाज पठाउने निर्देशन दिए लगत्तै नेपाल एयरको जहाज त्यसतर्फ उद्दारका लागि जाने भएको हो।

शनिबार हमासले गरेको आक्रमणमा इजरायलमा १० नेपाली विधार्थीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका हुन् । त्यसक्रममा एक जना नेपाली बेपत्ता छन् ।

इजरायलबाट नेपाल फर्किन  ३५० जनाले आवेदन दिइसकेका छन् ।  उद्दारका लागि आज इजरायल जान लागेको जहाजले त्यहाको सरकारसँग अनुमति लिइसकेको छ।

 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्