सशस्त्र प्रहरीका आईजीपी अर्याल अमेरिका प्रस्थान, एआईजी पौडेललाई निमित्त प्रमुखको जिम्मा

बुधबार, असोज २४, २०८०
honor mob  winter sales

काठमाडौँ । सशस्त्र प्रहरीका महानिरीक्षक(आईजीपी) राजु अर्याल अमेरिका प्रस्थान गरेका छन् ।

Honor x7 pad

अमेरिकाको क्यालिफोर्नियामा  असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय संघको सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसहित सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) शम्भु सुवेदीसमेत त्यसतर्फ प्रस्थान गरेका हुन्।

त्यस्तै आईजीपी अर्यालको टोलीसँगै नेपाल प्रहीका निमित्त प्रहरी महानिरीक्षकसहितको टोली अमेरिका प्रस्थान गरेको छ । निमित्त प्रहरी महानिरीक्षक  (एआईजी)  टेकप्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको तीन सदस्यीय टोली पनि सोही कार्यक्रममा भाग लिन मंगलबार अमेरिका प्रस्थान गरेका छन् । उक्त टोलीमा उनका साथमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित रहेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलले सम्हालेका छन्।

सम्मेलनमा इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिस सम्बन्धका भावी योजना, समुदाय–प्रहरी साझेदारी अवधारणाअनुरूप मानव बेचबिखनका पीडितको सशक्तीकरण र विश्वास अभिवृद्धिलगायत विविध विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।

यसअघि यही असोज २० गते प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतसहित चार सदस्यीय टोली संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको थियो । 

बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन उनीहरू गएका हुन् ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्