पिकअप भ्यानसहित बरामद गरिएको साढे ९ लाखको पटाका सशस्त्र प्रहरीद्वारा नष्ट

मंगलबार, असोज २३, २०८०
honor mob  winter sales

पश्चिम नवलपरासी । चाडपर्वलाई लक्षित गरी नेपाल भित्र्याइने बारुदजन्य पटाकाहरूको निगरानी बढाउने क्रममा पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरीले पिकअप भ्यानसहित ठुलो परिमाणमा पटाका बरामद गरेको छ। 

Honor x7 pad

सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प परासीबाट सशस्त्र प्रहरी निरीक्षक केशवराज भट्टराईको टोलीले भारतबाट अवैध रूपमा लुकाइछिपाइ नेपाल भित्र्याइएको पिकअप र साढे ९ लाख रुपैयाँको पटाका बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरी बल नं. ५ विन्ध्यावासीनी बाहिनी चन्द्रौटाले जानकारी दिएको छ।

नेपालमा प्रतिबन्धित विस्फोटक पदार्थ (पटाका) सोमबार राति साढे ८  बजेको समयमा रामग्राम नगरपालिका वडा नं १२ कुनवारेदेखि भुमही हरकट्टा जाने बाटोमा चेकजाँचको क्रममा ठूलो मात्रामा विभिन्न किसिमका पटाका र नम्बर नखुलेको पिकअप सहित नियन्त्रणमा लिएको बाहिनीले जनाएको छ।

सशस्त्र प्रहरी विन्ध्यावासीनी बाहिनीका अनुसार नियन्त्रणमा लिइएको पिकअप भ्यानको मूल्य १४ लाख र बरामद गरिएको पटाकाको मूल्य साढे ९ लाख रहेको छ।

सशस्त्र प्रहरीले बरामद गरेको साढे ९ लाखको बारुदजन्य पटाकालाई   जनप्रतिनिधि,  प्रमुख जिल्ला अधिकारी , स्थानीय पत्रकार ,उद्योग वाणिज्य संघका पदाधिकारी र महेशपुर भन्सार प्रमुख र सशस्त्र प्रहरी बल २६ नं गणका एसपी धिरेन्द्रराज न्यौपानेको रोहबरमा नष्ट गरिएको हो।

पटाका तस्करीमा प्रयोग गरिएको उक्त पिकअप भ्यानलाई आबश्यक कारबाहीका लागि महेशपुर भन्सार बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्