चाडपर्वलाई लक्षित गर्दै सीमा नाकामा सशस्त्र प्रहरीका १२२ हेल्प डेस्क, लुम्बिनीमा मात्रै १९

मंगलबार, असोज २३, २०८०

काठमाडौं । सशस्त्र प्रहरी बलले चाडपर्वलाई लक्षित गर्दै देशका विभिन्न स्थानहरुमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) सन्चालनमा ल्याएको छ। सशस्त्र प्रहरी देशभरमा १ सय २२ स्थानमा हेल्प डेस्कसहित ३३ स्थानमा स्वास्थ्य सहायता कक्ष राखेको जनाएको छ।

Honor x7 pad

सशस्त्र प्रहरीले नेपाल-भारत सीमावर्ती स्थानमा १ सय २० स्थान उत्तरी चीनतर्फ २ ठाँउमा हेल्प डेस्क राखिएको छ भने स्वास्थ्य हेल्प डेस्कमा भारततर्फ ३० स्थानमा र चीनतर्फ ३ स्थानमा राखेको जानकारी दिएको छ।

दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमावर्ती स्थानमा नागरिकको सुरक्षित एवं सहज आवगमनको व्यवस्था मिलाउनका साथै आपतमा परेका नागरिकहरुको उद्वारमा सहयोग हुने उदेश्यले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा हेल्प डेस्क राखिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत २५ वटा सहायता हेल्प डेस्क र  २ स्वास्थ्य कक्ष राखेको छ भने नं.२ छिन्नमस्ता बाहिनी महोत्तरी अन्तर्गत ५३ हेल्प डेस्क र २२ स्थानमा  स्वास्थ्य सहायता कक्ष राखिएको छ। त्यस्तै  नं. ३ गढीमाई बाहिनी  मकवानपुर मातहत २ वटा हेल्प डेस्क र ३ स्थानमा स्वास्थ्य सहायता कक्ष राखेको जनाएको छ।

सशस्त्र प्रहरी बल  नं. ४ मुक्तिनाथ बाहिनी कास्कीमा २ वटा हेल्प डेस्क , नं. ५ विन्ध्यावासिनी बाहिनी  चन्द्रौटा अन्तर्गत १९ हेल्प डेस्क र ३ स्थानमा स्वास्थ्य सहायता कक्ष , नं.. ६ महेश्वरी बाहिनी सुर्खेत मातहत एउटा हेल्प डेस्क र नं. ७ बैद्यनाथ बाहिनी कैलाली अन्तर्गत  २० स्थानमा हेल्प डेस्क र एक स्थानमा  स्वास्थ्य सहायता कक्ष राखिएको हो।

कृष्णनगर बिओपी हेल्प डेस्कमा सेवा लिदै नागरिक

यस्तै सशस्त्र प्रहरीले आबश्यकता अनुसार अन्य स्थानहरुमा सहायता हेल्प डेस्क र स्वास्थ्य सहायता कक्ष थप्न सकिने जनाएको छ।

सशस्त्र प्रहरीले चाडपर्वको बेला सीमा नाकाबाटआवतजावत गर्ने नागरिकहरुको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी-डकैती, लुटपाट लगायत अन्य घटनाहरु नहोस् भन्ने उद्देश्यका साथ  नागरिकलाई कुनै अप्ठ्यारो परेमा सहयोग पुर्याउन सहायता हेल्प डेस्क राखिएको जनाएको छ।

त्यस्तै सशस्त्र प्रहरीले सीमा नाकाबाट आवतजावत गर्ने कुनै पनि नागरिकमा स्वास्थ्य समस्या देखिएकालाई सेवा दिन स्वास्थ्यकर्मीसहितको स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्