इजरायलबाट स्वदेश फर्किन २ सय बढीले दिए आवेदन

मंगलबार, असोज २३, २०८०
honor mob  winter sales

काठमाडौं । हाल इजरायल र प्यालेस्टाइनी लडाँकु समूह हमासबीच कडा युद्द चलिरहेको छ। दुबै समूहको लडाइँमा फसेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको सरकारले जानकारी दिएको छ। 

Honor x7 pad

सरकारले इजरायलका बंकरभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा लगिएको जनाएको छ।

सरकारले इजरायलबाट स्वदेश फर्किन २ सय जनाभन्दा बढीले आवेदन दिएको जनाएको छ।

हाल इजरायलमा ४५ सय सय नेपाली केयर गिभर छन्। यस्तै २ सय ६५ विद्यार्थी इजरायलमा थिए। यीमध्ये १० विद्यार्थीको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो। उनीहरुलाई स्वदेश फिर्ता ल्याउन सरासर व्यवस्था मिलाइरहेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्