सशस्त्र प्रहरी र भारतीय एसएसबीको डीआईजी स्तरीय सुरक्षा बैठक

मंगलबार, असोज २३, २०८०
honor mob  winter sales

जनकपुर । सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल एसएसबीबीच डीआईजी स्तरीय समन्वयात्मक सुरक्षा  बैठक आयोजना गरिएको छ।

Honor x7 pad

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास र भारतीय एसएसबी मुजफारपुर, बेतिया र पुर्नियाको सेक्टर हेडक्वार्टरबीच डीआईजी स्तरीय समन्वयात्मक सुरक्षा  बैठक आयोजना भएको छ । 

उक्त बैठकमा सीमा अपराध, साम्प्रदायिक एवं धार्मिक सहिष्णुता कायम राख्नको लागि कुनैपनि किसिमका अवाञ्छित गतिविधि हुन नदिन तथा दशगजा ईलाकामा कुनै किसिमको अतिक्रमण हुन नदिन, उग्रसाम्प्रदायिक गतिविधि हुन नदिनको लागि आवश्यक सहयोग र सहकार्य गर्ने, नेपाली सवारी साधनहरुलाई सहज रुपमा आवागमन गर्नको लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने निर्णय भएको छ ।

त्यस्तै बढ्दो लागुऔषध ओसारपसार नियन्त्रण गर्नको लागि विशेष सुरक्षा कारबाही तथा मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण गर्न दुवै पक्षले अन्य सरोकारवाल संघ संस्थाहरुसँग आवश्‍यक समन्वय गर्नुका साथै अवैध रुपमा सीमा क्षेत्रमा हुने आर्थिक अपराध नियन्त्रण गर्नको लागि सहकार्य गर्ने र नजिकै आउँदै गरेको चाडपर्वलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा आवागमन सहज तथा सुरक्षित बनाउनको लागि हेल्प डेक्स स्थापना कार्यलाई प्रभावकारी रुपमा संचालन गर्ने विषयमा छलफल भएको छ ।

बैठकमा नेपालका तर्फबाट मधेस प्रदेशको जिम्मेवारी भएको सप्रबल, नेपाल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सप्रनामनि दीपेन्द्र शाहले  नेतृत्व गरेका थिए भने एसएसबीका तर्फबाट मुजफरपुर सेक्टर का डीआईजी दिपक कुमारले नेतृत्व गरेका थिए । 

कार्यक्रममा बेतिया सेक्टर हे.क्वा.का डीआईजी सुरेश सुबरमनियम र सिमावर्तित इलाकामा कार्यरत दुवै संगठनका कार्यालय प्रमुखहरूकोसमेत उपस्थिति रहेको सीमावर्ती क्षेत्रको सुरक्षा  अवस्था बारेमा बाहिनीका प्रवक्ता सप्रबउ माधव प्रसाद पौडेलले जानकारी गराए ।

 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्