Dashain Banner
Dashain Banner

सेनाको ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

शुक्रबार, असोज १९, २०८०

काठमाडौं । काठमाडौंमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

Dashai add

भद्रकाली नजिकै सभागृह मोडमा नेपाली सेनाको  ट्रकले ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

बिहीबार बेलुकी साढे ७ बजे काठमाडौँ महानगरपालिका–२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको प्र–३–०१–००१ ग ३७०५ नम्बरको ट्रकले ठक्कर दिँदा एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो । 

सेनाका हुद्दा महोमद नुरेन देवानले चलाएको ट्रकले बा.प्र –०२–०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ताहाचल बस्ने ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ठक्करबाट घाइते भएपछि उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्