सशस्त्र प्रहरीले गरायो सप्तकोशीमा गोताखोर तालिम

बिहीबार, असोज १८, २०८०
honor mob  winter sales

सुनसरी। सशस्त्र प्रहरीले सप्तकोशीमा गोताखोर तालिम गराएको छ। सशस्त्र प्रहरीले गोताखोर तालिमका प्रशिक्षार्थीलाई सप्तकोशी  अभ्यास गराएको हो।

Honor x7 pad

गोताखोर तालिमका सहभागी प्रशिक्षार्थी कर्मचारीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीले सप्तकोशी नदीको ब्यारेजमा अभ्यास गराएको हो । 

४० दिने तालिममा सहभागी २० जना सुरक्षाकर्मीलाई बराह बाहिनीले नदीको गहिराई र बहाव ज्यादा रहेको क्षेत्रमा अभ्यास गराउँदै आएको छ । पानी मुनिको गहिराइमा पुगेर गरिने खोज तथा उद्धारमा खटिने जनशक्तिको सङ्ख्या बढाउने सङ्गठनको नीतिअनुसार कोशी प्रदेशमा सञ्चालित गोताखोर तालिमका सहभागीलाई सप्तकोशीको भेल र गहिराइमा अभ्यास गराइएको बराह बाहिनीले जनाएको छ ।

बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा गोताखोर तालिम सञ्चालनमा ल्याएको बताए । 

१८ जना सशस्त्र प्रहरी र २ जना जनपथ सम्मिलित गोताखोर तालिम सङ्गठनको चौथो ब्याच रहेको पोखरेलले बताए । पोखरेलका अनुसार हाल देशभर ७४ जनाको सङ्ख्यामा रहेको जनशक्ति चौथो ब्याच पश्चात् ९४ को सङ्ख्यामा पुग्नेछ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्