नेपालगञ्जको कर्फ्यु यथावत, सीमामा अलपत्र परेका नेपालीलाई सशस्त्र प्रहरीको स्कर्टिङ

बुधबार, असोज १७, २०८०
honor mob  winter sales

बाँके । मंगलबारदेखि नेपालगञ्जमा लगाइएको कर्फ्यु यथावत नै रहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज मध्यान्हमा एक सूचना सूचना जारी गर्दै  कर्फ्यु  यथावत रहेको जनाएको छ । 

Honor x7 pad

नेपालगञ्जको धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल वा अन्य कुनै माध्यममा कुनै पनि किसिमको सञ्चार सामग्री प्रचारप्रसार नगर्न बाँके प्रशासनले आग्रह गरेको छ । सद्भावको सहर नेपालगञ्जको गरिमालाई कायम राख्न आ-आफ्नो तर्फबाट योगदान गर्न आग्रह गरिएको छ । 

नेपालगञ्जमा शान्ति सुब्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच भएको झडपमा ५ जना सुरक्षाकर्मीसहित २२ जना घाइते भएकोमा २१ जना उपचारपछि घर फर्किएको तथा १ जना सर्वसाधारणको भेरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

सशस्त्र प्रहरीको स्कर्टिङ 

नेपालगञ्जमा लागेको कर्फ्युका कारण जमुनाहा नाकामा अलपत्र परेका नेपालीलाई गन्तब्यतर्फ पठाइएको छ।

कर्फ्युका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तब्यसम्म पठाउन नेपाल प्रहरीले व्यवस्थापनमा सशस्त्र प्रहरीले स्कर्टिङ गरि गन्तव्यमा पुर्याएको हो।

इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मिनबहादुर बिष्टले भारतबाट  सीमा क्षेत्रमा कर्फ्युका कारण अलपत्र परेका करिब २ हजार नेपालीहरुलाई यातायात ब्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका यात्रुलाई सुरक्षित गन्तब्यसम्म पठाउन सशस्त्र प्रहरीले स्कर्टिङ गरेको बताए।

जमुनाहादेखि राँझासम्म पहिलो लटमा करिब ५ सय नेपाली पठाइएको विष्टले जानकारी दिए । भारतबाट फर्केका नेपाली मध्य रातीदेखि नाकामा अलपत्र परेका थिए। बिहानदेखि नाकामा अलपत्र परेका सबै नेपालीलाई सशस्त्र प्रहरीले गन्तव्यसम्म पुर्याइसकेको वरिष्ठ प्रहरी नायब निरीक्षक बिष्टले जानकारी दिएका छन् ।

दशैं नजिकिँदै गर्दा भारतमा कामका लागि गएका नेपालीहरु फर्किने क्रम बढ्न थालेको छ । भारतको सिमला, दिल्ली, पञ्जाब लगायतका क्षेत्रमा नेपालीहरु कामका लागि जाने गर्दछन् । 

 

 

 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्