सशस्त्र प्रहरी मुख्यालयमा पहिलो पटक पानी प्रशोधन स्थलको निर्माण

बुधबार, असोज १७, २०८०
honor mob  winter sales

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयमा पानी प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको छ। उक्त प्रशोधनस्थलको  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्घाटन गरेका हुन् ।  

Honor x7 pad

त्यहाँ कार्यरत कर्मचारीलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने उद्देश्यले संचालनमा ल्याइएको नवनिर्मित वाटर ट्रिटमेन्ट प्लान्ट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसारको शुद्ध पिउने पानी प्रशोधन गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिघण्टा १५ सयदेखि दुई हजार लिटरसम्म पानी शुद्ध पार्ने क्षमता रहेको वाटर ट्रिटमेन्ट प्लान्टको मासिक रुपमा दक्ष प्राविधिकबाट जाँच गर्नुका साथै डब्ल्यूएचओको मापदण्ड अनुसार भए नभएको भनी त्रैमासिक रुपमा उच्चस्तरीय प्रयोगशालामासमेत परीक्षण गराउने व्यवस्था मिलाइएको छ ।

प्रधान कार्यालयभित्र वाटर डिस्पेन्सर, आवश्यकता अनुसार जार तथा जार सफा गर्ने मेसिनको समेत व्यवस्था गरिएको छ । 

यसभन्दा अगाडि प्लाष्टिकका बोतल तथा जार खरिद गरी आपूर्ति गरिँदै आएको पिउने पानीलाई निरुत्साहित गर्दै प्रशोधन स्थलको निर्माण गरी मंगलबारदेखि  प्रयोगमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्