स्थिति तनावग्रस्त बनेपछि नेपालगञ्जमा सेना परिचालन

मंगलबार, असोज १६, २०८०
honor mob  winter sales

नेपालगञ्ज । नेपालगञ्जमा सेना परिचालन गरिएको छ । दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो ।

Honor x7 pad

नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्याँस प्रहार गरेको थियो । त्यसक्रममा झडप हुँदा ८ जना घाइते भएको बताइएको छ । 

प्रशासनले दिउँसो १ बजेदेखि कर्फ्यू लगाएको छ। अहिले झडप रोकिएको छ । ठूलो संख्यामा सेना प्रहरी र सशस्त्र प्रहरी नगरका गल्ली–गल्लीमा परिचालन भएका छन् ।

असोज १४ गते सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् आज ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगयातका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुने स्थिति देखिएकाले कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्