रुपन्देहीको भन्सार अगाडिबाट १० लाख भारुसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

आइतबार, असोज १४, २०८०
Honor 600 pro

रुपन्देही । सशस्त्र प्रहरीले रुपन्देहीबाट १० लाख भारुसहित तीन जनालाई भन्सार कार्यालय अगाडिबाट पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल ( प्रस्तावित ) सीमा सुरक्षा गुल्म बिओपी डण्डाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर श्रेष्ठको कमान्डको टोलीले १० लाख भारतीय रुपैयाँसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण रुपन्देहीले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बल नं. २७ गणका अनुसार आज राति ९ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका तीन भारतीयको साथबाट भन्सारस्थित बिओपी चेक पोस्ट अगाडिबाट चेकजाँचका क्रममा उक्त अवैध १० लाख भारु बरामद गरेको हो।

पक्राउ परेका तीन जना मध्ये एक जनाको साथबाट ९ लाख भारु र अन्य दुई जनाको साथबाट ५०-५० हजार बरामद गरेको हो। उनीहरुबाट बरामद गरिएको सबै ५ सय दरका भारु नोट रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएको १० लाख भारुसहित पक्राउ परेका उनीहरुसँग आबश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २२:२६
प्रतिक्रिया दिनुहोस्