१ क्विन्टल बढी गाँजा बोकेको गाडी, मोटरसाइकलसहित ६ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

शुक्रबार, असोज १२, २०८०
honor mob  winter sales

सुनसरी।  सशस्त्र प्रहरीले १ क्विन्टल बढी गाँजा बोकेको गाडी , मोटरसाइकलसहित ४ जना भारतीय नागरिकसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। 

Honor x7 pad

कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीले सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित चतरापुल नजिकै बराहक्षेत्र जाने सडकखण्डबाट आज करिब १२० किलो गाँजा बोकेको गाडी र मोटरसाइकलसहित ६ जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले  जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतका ३६ वर्षीय महोमद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओमप्रकाश रजक, सुनसरी देवनागंज गाउँपालिका-५ का ३१ वर्षीय ओमप्रकाश साह र २० वर्षीय शिवम साह रहेका छन्। 

बराह बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले   १२० किलो गाँजा बोकेर भारततर्फ जाँदै गरेको बिआर ०२ आर ९९९४ नम्बरको  गाडी र स्कर्टिङ गरेको  प्रदेश नं-१–०२–०५० प ६३०४ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गाँजा, गाडी र मोटरसाइकलसहित ६ जनालाई आवश्यक कारबाहीका लागि सुनसरी प्रहरीलाई  बुझाएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २२:२८
प्रतिक्रिया दिनुहोस्