सशस्त्र प्रहरीद्वारा सुस्ताबाट भन्सार छलीको ६ टन अवैध चामल बरामद

मंगलबार, असोज ९, २०८०
honor mob  winter sales

परासी।  पश्चिम् नवलपरासीबाट सशस्त्र प्रहरीले आज साँझ ६ टन भन्सार छली गरि ल्याइएको अवैध चामल बरामद गरेको छ।

Honor x7 pad

सशस्त्र प्रहरी बल नं. २६ गण मातहत रहेको बलिनगर  बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक चेतन कुमार खड्काको कमाण्डमा गएको टोलीले आज साँझ साढे ५ बजे जिल्लाको सुस्ता गाँउपालिका-५ वनकट्टीस्थित खेतमा लुकाएर राखिएको अवस्थामा ६ टन अवैध चामल बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार भारतबाट भन्सार छली गरी ल्याएर वनकट्टीको खेतमा लुकाएर राखिएको १०९ बोरा चामल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले बरामद गरिएको अवैध चामलको मूल्य ३ लाख रुपैयाँ बराबर रहेको बताएको छ। सशस्त्र प्रहरीले आज बरामद गरेको ६ टन चामललाई भूमि नवलपरासी भन्सार कार्यालयमा बुझाउने जानकारी दिएको छ।

त्यस्तै सशस्त्र प्रहरीले बाँकेको नेपालगन्जबाट पनि लाखौको अवैध सामग्री बरामद गरेको छ ।सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरी बाँकेले नेपालगन्जको जमुनाह नाका र जयसपुरबाट आइतबार करिब साढे ५ लाख रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको हो।

सशस्त्र प्रहरीले नेपालगन्जको जमुनाह नाकाबाट  भे १ ह ५७१४ नम्बरको अटो रिक्सासहित ३ लाख ६३ हजार रुपैयाँ बराबरका  सुर्तीजन्य पदार्थ, लत्ताकपडा, व्याट्री जस्ता अवैध सामाग्री बरामद गरेको हो।

त्यसै दिन नेपालगन्ज-१६ जयसपुरबाट सशस्त्र प्रहरीको टोलीले करीव १ लाख ७० हजार रुपैयाँ
बराबरको चोरीपैठारीको ८५ वटा काँसको थाल समेत बरामद गरी नेपालगन्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  २१:५१
प्रतिक्रिया दिनुहोस्