सशस्त्र प्रहरीद्वारा पौने ८ लाख बढीको इलेक्ट्रोनिक्स सामाग्री बरामद

शनिबार, असोज ६, २०८०
Honor 600 pro

रौतहट । सशस्त्र प्रहरीले रौतहटबाट ठुलो परिमाणमा अवैध ईलेक्ट्रोनिक्स सामाग्री बरामद गरेको छ। 

रौतहटस्थित सशस्त्र प्रहरीको सुरक्षा वेश सन्तपुरले जिल्लाको चन्द्रपुर नगरपालिका-८ स्थित सन्तपुरमा विशेष चेकजाँचका क्रममा भारतबाट ल्याएर  सदरमुकाम गौरबाट चपुरतर्फ जाँदै गरेका  दुई वटा यात्रुवाहक बसको डिकीमा लुकाई छिपाई लैजाँदै गरेको ईलेक्ट्रोनिक्स सामाग्री बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएकाई लेक्ट्रोनिक्स सामाग्रीहरुमा ३ हजार ६ सय ५५ थान एलइडी वाच र ४ सय ९० थान एलइडी लाईट रहेका छन् । सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका ती अवैध सामाग्रीको मूल्य करिब ७ लाख ८० हजार रुपैयाँ रहेका छन् ।

बरामद गरिएका सबै अवैध इलेक्ट्रोनिक्स सामाग्रीलाई आबश्यक कारबाहीका लागी गौर भन्सार बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्