शिक्षकहरुको आन्दोलन आज पनि जारी

शुक्रबार, असोज ५, २०८०
Honor 600 pro

काठमाडौं । शिक्षकहरुको  आन्दोलन आज पनि जारी छ। सरकारले ल्याएको शिक्षा विधेयकविरूद्ध आज पनि तेस्रो दिन शिक्षकहरूले आन्दोलन जारी राहेका  छन्।

आन्दोलनरत  शिक्षकहरुले आन्दोलन जारी राख्दै   काठमाडौंको माइतीघरदेखि नयाँ  बानेश्वरसम्म प्रदर्शन गरिरहेका छन्।जसका कारण त्यहाको ट्राफिक व्यवस्था अस्तब्यस्त बनेको छ।

बिहीबार सरकार र  आन्दोलनरत शिक्षकबीच वार्ता भए पनि वार्ता बिनानिश्कर्ष टुंगिएको थियो। वार्ता आज पनि बस्ने भनिएको भएपनि अझै वार्ताको तयारी गरिदै गरेको बताइएको छ।

संसदमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा अनिश्चितकालीन आन्दोलन सुरू गरेका शिक्षकहरुले आफ्ना १८ बुँदे माग रखेका छन्  

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्