ललिता निवास जग्गा काण्ड: चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी

शुक्रबार, असार २२, २०८०
honor mob  winter sales

काठमाडौं । चार जना पूर्वसचिवविरुद्ध बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।

Honor x7 pad

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिएका छन्।

कडायतका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन् । 

ललिता निवास प्रकरणमा चार जना पूर्वसचिवविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएको हो ।ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले फेरि अनुसन्धान सुरु गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्