आन्दोलनमा रहेका शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल, ट्राफिक व्यवस्था अस्तब्यस्त

बुधबार, असोज ३, २०८०
Honor 600 pro

काठमाडौं । आन्दोलनका लागि देशभरबाट आएका शिक्षकहरु काठमाडौंको माइतीघरबाट जुलुस प्रदर्शनसहित नयाँ बानेश्वरमा जम्मा भएका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा सरकारद्वारा दर्ता गरिएको शिक्षा विधेयकको विरोधमा देशभरबाट  शिक्षकहरु आन्दोलनमा काठमाडौँ आएर प्रदर्शनमा उत्रिदै बानेश्वरमा नारवाजी गरेका छन् ।

बानेश्वरमा  हजारौंको संख्यामा आएका शिक्षकहरुले निषेधाज्ञा तोड्ने क्रममा केहिबेर सुरक्षाकर्मी र शिक्षकबीच धकेलाधकेल समेत भएको छ। संसद भवनतर्फ निषेधाज्ञा पार गरेर जाने क्रममा उनीहरुलाई प्रहरीले रोकेको हो।

महासंघले विभिन्न १८ बुँदे माग राखि असहमति जनाउदै सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने बताएको छ।

महासंघले आफ्ना माग  पुरा नभएसम्म आन्दोलनको क्रम बन्द नहुने भन्दै आज हजारौं शिक्षकहरु माइतीघरमा भेला भएका हुन् । देशभरबाट आएका हजारौं शिक्षकहरुले सुरु गरेको  आन्दोलनबाट यातायात अस्तव्यस्त बनेको छ।   

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्