आन्दोलनका लागि देशभरबाट हजारौं शिक्षकहरु काठमाडौंमा

बुधबार, असोज ३, २०८०
Honor 600 pro

काठमाडौं । आन्दोलनका लागि देशभरका शिक्षकहरु काठमाडौंको माइतीघरमा जम्मा भएका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा सरकारद्वारा दर्ता गरिएको शिक्षा विधेयकको विरोधमा देशभरबाट  शिक्षकहरु आन्दोलनमा काठमाडौँ आएका हुन् ।

महासंघले विभिन्न १८ बुँदे माग राखि असहमति जनाउदै सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने बताएको छ।

महासंघले आफ्ना माग  पुरा नभएसम्म आन्दोलनको क्रम बन्द नहुने भन्दै आज हजारौं शिक्षकहरु माइतीघरमा भेला भएका हुन् ।

देशभरबाट आएका हजारौं शिक्षकहरुले सुरु गरेको  आन्दोलनबाट यातायात अस्तव्यस्त बनेको छ।   

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्