Dashain Banner
Dashain Banner

गैंडाको आक्रमणमा एक महिलाको मृत्यु, दुई जना रुख चढेर ज्यान जोगाए

शुक्रबार, भदौ २९, २०८०

कन्चनपुर। एक जना महिलाको गैँडाको आक्रमणबाट मृत्यु भएको छ। 

Dashai add

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ। 

आज बिहान ८ बजेतिर च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गरेकी बुढाको गैँडाको आक्रमण परेर घटनास्थलमै मृत्यु भएको राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।

मृतक बुढासँगै च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका अन्य दुई जना महिलाहरु रुख चढेर ज्यान जोगाएका हुन् । आज बिहान गस्तीका रहेको नेपाली सेनाले महिलाको शव फेला पारेको थियो। 

सेनाले दुई जना महिलालाई रुखमै चढेको अवस्थामा फेला पारेको हो। ती महिलाहरुले सेनालाई दिएको जानकारी अनुसार बुढालाई दुई वटा गैँडाले आक्रमण गर्दा मृत्यु भएको हो।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्