स्थानीय तहलाई शिक्षक सरुवाको अधिकार

बुधबार, भदौ २७, २०८०
honor mob  winter sales

काठमाडौं । अबदेखि शिक्षकको सरुवा गर्ने अधिकार स्थानीय तहलाई दिने गरी सरकारले विधेयक ल्याएको छ ।

Honor x7 pad

शिक्षक सरुवा सम्बन्धि संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा स्थानीय तहले आफ्नो स्थानीय तह मातहत रहेका एक सरकारी विद्यालयबाट अर्कोमा शिक्षक सरुवा गर्न सक्ने व्यवस्था गरेको हो।

स्थानीय तहले कुनै पनि शिक्षकको सरुवा गर्दा आधारभूत तहको शिक्षकलाई समान पदको रिक्त पदमा र आधारभूत तहको विषयगत तथा माध्यमिक तहको शिक्षकलाई विषयगत रिक्त पदमा मात्र सरुवा गर्न पाउनेछ।

त्यस्तै फरक स्थानीय तहको सरकारी विद्यालयबाट सरुवा समेत गर्न पाइने भएको छ। तर फरक स्थानीय तहको सार्वजनिक विद्यालयमा सरुवा गर्न चाहेमा  दुवै स्थानीय तहको सहमति अनिवार्य चाहिने भएको छ।

रिक्त रहेको पदमा फरक स्थानीय तहका विद्यालयमा सरुवा गर्दा भने अनिवार्य विषयसमेत मिल्नुपर्नेछ ।

यस्तै यदि  सरुवा भएर आउने विद्यालयको रिक्त पदमा पदपूर्तिका लागि विज्ञापन भएमा भने सरुवा गर्न नपाइने भएको छ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्