Dashain Banner
Dashain Banner

अझैं फेला परेनन् डोल्पाका गुल्मपति मेजर विमल पण्डित

शुक्रबार, भदौ २२, २०८०

डोल्पा। गत भदौ १० गते अपराह्नदेखि बेपत्ता भएका डोल्पाको  दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति मेजर विमल पण्डित अझै फेला पर्न सकेका छैनन् ।

Dashai add

भदौ १० आइतबार अपराह्न साढे ४ बजे ब्यारेकबाट साथीहरुसँग घुम्न निस्किएर साथीहरुलाई बिचबाटै फर्काएर एकाएक बेपत्ता भएका मेजर पण्डित १२ दिन पुग्दा सम्म फेला नपरेको डोल्पा प्रहरीले जनाएको छ।

संयुक्त सुरक्षा फौजले मेजर पण्डित जान सक्ने सम्भावित ठाउँ खोजि गर्दा समेत अझै फेला नपरेको प्रहरीले जानकारी दिएको छ।

सुरक्षा फौजको टोलीले डोल्पाका भीर–पहरा, नदी किनार सबैतिर खोजिसके पनि मेजरको अत्तोपत्तो नभएको डोल्पा प्रहरी प्रमुख डीएसपी शिव बुढाथोकीले बताए। 'मेजर पण्डितलाई खोज्न बाहिर जिल्लामा समेत सर्कुलर  जारी भएर खोजी कार्य भइरहेपनि अझै पत्ता लाग्नै सकेन' डीएसपी बुढाथोकीले भने।

ब्यारेकबाट घुम्न निस्किएका मेजर पण्डितको मोबाइलको अन्तिम लोकेसन ब्यारेकबाट करिब १ घन्टाको दुरीमा देखिएपछी अफ भएको प्रहरीले जनाएको छ।

मेजर पण्डित बेपत्ता नै भएका हुन् वा आफैं सम्पर्कविहीन भएका हुन् भन्ने बारेमा केही भन्न नसकिने प्रहरीले जनाएको छ।

सुरक्षा फौजले कुनै कसुर बाँकि नराखी रातदिन मेजर पण्डितको खोजी कार्य जारी नै राखेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्