सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । गृह मन्त्रालयले ९ जना सहसचिवको सरुवा तथा पदस्थापना गर्दै ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) परिवर्तन गरेको छ।
मन्त्रालयले मङ्सिर ११ गते गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।
निर्णयअनुसार पर्साका सीडिओ भोला दाहाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। उनको स्थानमा गृह मन्त्रालयमा कार्यरत एकदेव अधिकारीलाई पर्साको सीडिओको जिम्मेवारी दिइएको छ।
त्यस्तै, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ। सिन्धुपाल्चोकका सीडिओ शशीधर घिमिरेलाई भने अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ।
यसैगरी, गृह मन्त्रालय तथा मातहतमा कार्यरत पाँच सहसचिवलाई विभिन्न जिल्लाको सीडिओमा खटाइएको छ।
जसअनुसार गीता कुमारी होमेगाईलाई रामेछाप, वीरेन्द्रकुमार मिश्रलाई दैलेख, विमलप्रसाद बराललाई महोत्तरी, शिवप्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको सीडिओमा पदस्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ।