सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । जापानमा जारी बीसौँ संस्करणको आइची–नागोया एसियाली खेलकुद प्रतियोगितामा नेपालले पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् ।
उनको यो पदक बीसौँ एसियाली खेलकुदको पहिलो पदक हो । यसअघि विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेता पनि नेपालले पदक जित्न सकेको थिएन ।
जापानको टोयाहाशी जिम्नेसियममा आज भएको कास्य पदकका भिडन्तमा नेपालका कराते खेलाडी तेन्जिङले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा नेपाललाई कास्य पदक दिलाएका हुन् ।
उनले लाओसका खेलाडी वाथाना जायासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन् । त्यसअघि उनी सेमिफाइनल खेलमा इरानका खेलाडी महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । शेर्पा सशस्त्र प्रहरी बल नेपालको एपीएफक क्लबमा आवद्ध छन् ।