सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार बैठकमा पार्टीको आगामी १५औँ महाधिवेशनका विषयमा केन्द्रित रहेर विस्तृत छलफल हुनेछ।
बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरू तथा सबै प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थित हुनका लागि आह्वान गरिएको छ।