रुकुम पश्चिममा बोलेरो जिप दुर्घटना: २ जनाको घटनास्थलमै मृत्यु, ९ घाइते

आइतबार, भदौ २८, २०८३

दाङ । रुकुम पश्चिममा आइतबार बिहान भएको जिप दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा थप चार जना गम्भीर र पाँच जना मध्यम घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी वेदबहादुर पौडेलले बताए।

डीएसपी पौडेलका अनुसार ज्यान गुमाउनेमा जिप चालकसहित एक जना महिला छन्। मृतक दुवै जनाको पहिचान भइसकेको छैन।

आइतबार बिहान सवा ८ बजेतिर सानीभेरी गाउँपालिका–६ कोटबाट खलंगातर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप बोलेरो जिप सडकबाट करिब १०० मिटर तल खसेको थियो।

दुर्घटनामा मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। प्रहरी टोली घटनास्थलतर्फ पुगिरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता हेमन्त गिरी पनि घटनास्थलतर्फ गइरहेको बताए।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  ०९:५३
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह