भदौ २९ गते लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

शुक्रबार, भदौ २६, २०८३

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारले आगामी सोमबार सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै भदौ २९ गते सोमबार बिदा दिइएको जानकारी गराएको हो ।

मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यका अनुसार हरितालिका तीजको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  २१:२७
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह