सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ५ः०० बजेसम्म १ हजार ३ सय ७२ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा १ सय ७८ जना, नुवाकोटमा १ सय ९७ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६३ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २७ जना र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको हो ।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार १ सय ४८ वटा शव व्यवस्थापन (माटोमुनि सुरक्षित राख्ने) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ६ सय १६ गरी कुल २ हजार ९ सय २ वटा डीएनए नमुना सङ्कलन गरिएको छ । साथै, पहिचान नभएका १ हजार २ सय ९५ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा ३ हजार ३० जना व्यक्तिलाई राखिएको छ ।